लामखुट्टे भगाउने सरल घरेलु उपायहरु

यदि तपाइँ लामखुट्टे / मच्छर बाट हैरान हुनुभएको छ भने यो लेख तपाइको लागि धेरै नै लाभदायक छ।  गर्मि सुरु भैसकेको छ,गर्मि संगै घरमा लामखुट्टेको आगमन पनि हुने गर्दछ जुन शायदै कसैलाई मनपर्छ त्यसैले आज हामी तपाईलाई लामखुट्टे भगाउने केहि घरेलु उपाय बताउदै छौ।

 

 

 

  1. नरिवल को तेल मा नीम को तेल मिसाएर बत्ति बलिदिनुस लामखुट्टे आउदैन।
  2. ल्वाङ्ग  तेलमा नरिवल को तेल मिसाएर सुत्ने समयमा शरिर मा लगाउदा पनि लामखुट्टे बाट बच्न सकिन्छ तर ल्वांग तेल सिमित मात्र मा प्रयोग गर्नुहोला यसले छालामा जलन पनि हुन सक्छ।
  3. तपाईलाई थाहा छैन होला सयपत्रीको फूल हरु लगाउनाले पनि लामखुट्टे हटाउन सकिन्छ। त्यसैले घर वरिपरि  प्रशस्त सयपत्रीको फूल लगाउनु होला।
  4. नीमको पात बाल्न सक्नु हुन्छ वा मट्टीतेल ल्याम्प्मा नीमको तेल प्रयोग गर्न सक्नु हुन्छ।  लामखुट्टेलाई भगाउन को लागि छाला मा नीम को तेल लगाउन पनि सक्नु हुन्छ ।
  5. तुलसी को पुजा त पक्कै गर्नु हुन्छ होला अब देखि पुजा  गर्न मात्र होइन लामखुट्टे भगाउन पनि घरमा प्रशस्त   मात्रा  मा तुलसीको बिरुवा लगाउनु होला। तुलसीको पात  छालामा रगडेर पनि लामखुट्टेको टोकाई बाट बच्न सक्नु हुन्छ।
  6. कोठामा कपुर बालेर सबै झ्याल ढोका  १५-२० मिनेट को  लागि बन्द गर्दिनुस यसरी पनि लामखुट्टे भगाउन सक्नु हुन्छ।

Comments

comments