अदुवाका केहि जान्नुपर्ने फाइदा हरु

स्वस्थ मुटु को लागि पनि अदुवा औसधि सरह नै हो कलेस्त्रोल को मात्रा नियन्त्रण मा सहयोगी अदुवा लाइ स्वस्थ केश को लागि पनि प्रयोग गर्न सकिन्छ।

अदुवा नेपाली भान्सा घरमा कहिले नछुट्ने मसला मध्यको एक हो।  यो  स्वाद एवं स्वास्थ्य दुवै को लागि प्रख्यात छ।

बिशेष गरि नेपाल भारत लगायत का विभिन्न एसियन मुलुकमा यसलाई मसला र औसधि दुवै को रुप हजारौ वर्ष देखि  प्रयोग गरिन्छ। आज हामी त्यस्तै स्वाद र औसधिया गुण को लागि अदुवा को चर्चा गर्दैछौ।

बिशेषत: अदुवा वाकवाकी , अरुचि, गतिरोग ( बस ट्याक्सी चड्दा हुने वाकवाकी ) र दुखी को औषधि को रुपमा लिइन्छ। अदुवालाई  ताजा ,सुकाएर ,धुलो को रुप मा तेल  वा जुस को रुपमा पनि[प्रयोग गर्न सकिन्छ। सामान्यतया भारत जमैका फिजी इन्डोनेसिया र अस्ट्रेलियामा उत्पादन हुने गर्छ।

 

 अदुवाका फाइदा हरु :

वाकवाकी दुखाइ र जलन कम गर्छ। 

पाचन प्रणाली बलियो बनाउछ चिसो र रुघा को अचुक्ल घरेलु औसधि हो। स्वस्थ मुटु को लागि पनि अदुवा औसधि सरह नै हो कलेस्त्रोल को मात्रा नियन्त्रण मा सहयोगी अदुवा लाइ स्वस्थ केश को लागि पनि प्रयोग गर्न सकिन्छ। अदुवा ले अत्ध्यधिक मात्र केश झर्ने समस्या लाइ पनि नियन्त्रण गर्दछ।

अदुवा मा निम्न पौष्टिक  कुरा हरु पाइन्छ :

१०० ग्राम अदुवा लिनु भयो भने

७९  क्यालोरी ,१७ .८६  ग्रा  कर्बोहाइद्रेट ,३. ६ ग्रा  फाइबर ,३. ५७ प्रोटिन ,०  ग्रा  चिनी ,१४ मि. ग्रा  सोडियम ,१. १ ५ ग्रा  आइरन ,७. ७ मि. ग्रा  भिटामीन  C,३३ मि ग्रा पोटासियम,भिटामीन B6, म्याग्नेसियम ,फोस्फारस ,जिंक ,फोलेट ,नियकिन ताजा अदुवा लाइ जुसमा निचरेर पिउन सकिन्छ

घरमै बनाइएको फलफुल र तरकारीको सलाद मा स्वाद बढाउन पनि यसको प्रयोग गर्न सकिन्छ

अदुवालाइ तासेर  तातो पनि मा उमालेर अदुवा को चिया बनाएर खान सकिन्छ एसले मोटोपन घटाउन मद्दत मिल्छ

माछा मासु को कुनै पनि परिकार बनाउदा अदुवा को प्रोग गर्नु हुन्छ भने स्वाद अझै मिठो हुन्छ।  एसको लागि अदुवा को पेस्ट प्रयोग गर्न सक्नु हुन्छ।

Comments

comments