बिना चिया/कफी थकान मेटाउने तरिकाहरु

उनीहरको मुड फ्रेश हुने काम मा मन लागिरहने साथै इनर्जी बुस्ट हुन्छ भन्ने गलत सोच राख्छन

साधारण तया मानिसहरु अफिसमा घन्टौ काम गर्ने बेलामा ५-६ कप चिया वा कफी पिउने गर्दछन ।  यसले उनीहरको मुड  फ्रेश हुने काम मा मन लागिरहने साथै इनर्जी बुस्ट हुन्छ भन्ने गलत सोच राख्छन। अधिक मात्रा मा चिया कफी खानु स्वास्थ्य को लागि  राम्रो मानिदैन। यदि तपाई चिया कफी नखाएर थकित महसुस गर्नु हुन्छ , आफ्नो काम राम्रो संग प्रदर्शन गर्न सक्नु हुन्न र तपाइको दीमाग ले काम गरिरहेको छैन लाग्छ भने आफ्नो जीवनशैली मा परिवर्तन गर्नुहोस। तपाई अफिसमा सधै फ्रेश मुड मा काम गर्न थाल्नु हुनेछ।  तल केहि यस्ता बानि हरुको वर्णन गरिएको छ जसले तपाईलाई बिना चिया कफी नै राम्रो संग आफ्नो कार्य सम्पन्न गर्न सक्ने बनाउन मदत गर्नेछ

बिहान को खाजा नछोडौ 

प्रत्यक दिन नाश्ता गर्ने मान्छे को अल्पकालिक स्मृति र ध्यान दिने बानि मा सुधार  हुन्छ।  धेरै अध्ययन हरुले  पुस्टि गरिसकेको छ कि बिहान को खाजा / नास्ता गर्ने व्यक्तिहरु नगर्ने व्यक्तिहरु भन्दा अफिसमा  राम्रो प्रदर्शन गर्छन।  बिहान खाजा वा नास्ता नगर्ने व्यक्ति हरु धुम्रपान र मद्ध्यपान धेरै गर्ने हुन्छन। जो शारीरिक ब्यायाम पनि कम गर्ने गर्दछन।  यदि राम्रो प्रदर्चन गर्न चाहनु हुन्छा भने मैक्रोन्युण्ट्रियटस ( प्रोटिन कर्बोहाइद्रट्स र फ्यात )ले भरिपुर्ण नास्ता खाने बानि बसाल्न जरुरि छ ।

कफी को सट्टा  ग्रिनटी टी

बिहान कफी पिउने बानि छ भने यो बानि हटाउनु होस् त्यसको सट्टा  ग्रिन  टी पिउने बानि गर्नुहोस। ग्रिन  टी  ले सरिर लाइ उर्जावान बनाउछ र ध्यान पनि बढ्छ।माचा एक प्रकार को एसियन ग्रीन टि  पाउडर  हो।  यदि बिहान कफी पिउने बानि छ भने कफी को सट्टा मा माचा पिउन सक्नुहुन्छ।  एसले सरिर मा उर्जा बढाउने काम गर्दछ।

 

ओइली माछा प्रयोग गर्नुहोस 

 

धेरै अध्ययन बाट साबित भैसक्यो कि हामीलाई स्वस्थ रहन  ओमेगा -३  को जरुरत पनि हुन्छ।ओमेगा -३ ले दिमागमा रक्त प्रवाह  लाइ तन्दरुस्त राख्न मद्दत गर्छ। सालमन र अरु सी फुड मा पाइने ओमेगा -३ फ्यात्टी एसिडले हाम्रो स्मरण शक्ति लाइ १५% ले बढाउछ। फाटी एसिड युक्त खानाले डेमेंसिया र स्ट्रोक हुन बाट बचाउछ।

 

ओखरहरु  खानुहोस 

नट्स र  सीड्स विटामिन ई को राम्रो स्रोत हो।  एक अध्ययन मा नुट्स र सीड्स खान ले बड्दो उमेरमा हुने कम समर्ण्शक्ति ओ समस्या लाइ रोक्न मद्दत गर्छ। जसमा ओख्खर ले उमेर को कारण हुने मानसिक खराबी वा बिकृतिहरुलाई कम गर्न मद्दत गर्छ। त्यस्तै बदाम र काजु लाइ पनि नियमित स्न्याक्स को रुपमा लिन सक्नु हुन्छ।

पर्याप्त निन्द्रा पनि जरुरि छ

प्रयाप्त सुत्नु भएन भने कुनै पनि काम मा ध्यान दिन गार्हो हुन्छ। त्यस्तै चनाखो र सतर्क पनि हुन सकिन्न जसको सिधा असर हाम्रो काम नै पर्छ। प्रयाप्त निन्द्रा लिनु भएको छ भने तपाइको सरिर्को कोशीका हरु उर्जाले भरिपुर्ण हुन्छ र काम मा मन पनि लाग्छ भरपुर आराम ले केहि सिक्ने र तेस्लाई याद राख्ने क्षमता को बिकाश हुन्छ।  दिन मा सात देखि आठ घण्टा सुत्नु जरुरि छ।

 

मेडिटेशन ले डी -स्ट्रेस हुनुहोस

जो व्यक्ति मेडीटेसन गर्छन उनीहरुको ध्यान र निरन्तर कुनै कुरामा फोकस रहिरहने क्षमता अरुको भन्दा बढी हुन्छ। निरासहा मा पनि उर्जावान हुन्छन। ब्यायाम वा योग गर्ने प्रयाप्त समय छैन भने तपाई दिनको २० मिनेट  मेडिटेसन को सहर लिन सक्नु हुन्छ। जसले स्मरण शक्ति र ज्ञानात्मक शक्ति लाइ सुधार गर्न मद्दत गर्छ। मेडीटेसन द्वारा पनि सारीरिक एवं मानशिक स्वास्थ्यको हेरचाह गर्न सकिन्छ।

Comments

comments