गृहपृष्ठमा फर्कनुहोस्
पारदर्शी सच्याउने नीति
समाचार सच्याउने तथा परिमार्जन नीति
गल्ती स्वीकार्ने र पाठकलाई सही तथ्य प्रस्तुत गर्ने हाम्रो खुला प्रतिबद्धता
हाम्रोबजका पत्रकारहरूले शतप्रतिशत सही समाचार लेख्ने प्रयास गर्छन्। तर पत्रकारिता मानवीय काम हो, कहिलेकाहीँ नाम, मिति, तथ्यांक वा तथ्यमा अन्जानवश त्रुटि हुन सक्छ। त्यस्तो अवस्थामा हामी गल्ती लुकाउने वा सुटुक्क मेटाउने गर्दैनौं। हामी पाठकसमक्ष प्रस्ट रूपमा सच्याउँछौं।
हामी कसरी सच्याउँछौं?
- महत्त्वपूर्ण तथ्यगत त्रुटि: समाचारको शीर्ष भाग वा तल्लो भागमा "सच्याइएको:" भनेर मिति, समय र के विषय सच्याइएको हो प्रस्ट खुलाइन्छ।
- सामान्य हिज्जे/टाइपिङ त्रुटि: अर्थ नबदलिने सामान्य व्याकरण वा हिज्जे त्रुटि तत्काल मिलाइन्छ।
- ताजा विकासक्रम: घटना परिमार्जन हुँदै जाँदा नयाँ जानकारी थपिन्छ र "अन्तिम अपडेट" समय स्पष्ट देखाइन्छ।
त्रुटि फेला परेमा कसरी जानकारी दिने?
यदि तपाईंले हाम्रोबजमा प्रकाशित कुनै पनि समाचारमा तथ्यगत गल्ती भेट्नुभयो भने हामीलाई तत्काल खबर गर्नुहोस्। हाम्रो सम्पादकीय टोलीले तथ्य जाँच गरी आवश्यक परे तत्काल सच्याउनेछ।
सच्याउनका लागि इमेल पठाउनुहोस्:[email protected] अथवा गुनासो अधिकारी: +977 9848253663