मकवानपुर — मकवानपुरको थाहा नगरपालिका–९ स्थित चित्लाङ चेकपोइन्टबाट बरामद गरिएको ६ किलो लागुऔषध चरेस जलाएर नष्ट गरिएको छ।
प्रहरीका अनुसार कार्तिक ३० गते राति करिब १:४५ बजे काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–०३५ च ४५६१ नम्बरको विद्युतीय जिपबाट चरेस बरामद गरिएको थियो। गाडीको डिकीमा रहेको कालो लगेज ब्यागभित्र लुकाएर राखिएको अवस्थामा उक्त लागुऔषध फेला परेको थियो।
चरेस बरामदपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको जनाएको छ।
इलाका प्रहरी कार्यालय पालुङले बरामद गरिएको चरेस आज जनप्रतिनिधि, सञ्चारकर्मी तथा नगर प्रहरीको रोहवरमा खोला किनारामा जलाएर नष्ट गरेको जनाएको छ।
लागुऔषध नियन्त्रण तथा अवैध ओसारपसार रोक्न प्रहरीले चेकजाँच र निगरानीलाई निरन्तरता दिँदै आएको छ।





