Sports ताजा अपडेट
४१ मिनेट
लगातार चार वर्ष उत्कृष्ट करदाता बन्यो ‘द क्लिफ’
पर्वतको कुश्मास्थित द क्लिफ प्रा.लि. बागलुङमा सबैभन्दा बढी कर तिर्ने करदाता
हाम्रोबज सम्पादकीय ब्युरोकेन्द्रीय सम्पादकीय टोली
मङ्गलबार, ८ मंसिर २०८३ (वि.सं.) | ई.सं.: २०२६ नोभेम्बर २४
- द क्लिफ प्रा.लि. लगातार चार वर्ष उत्कृष्ट करदाता घोषित।
- आर्थिक वर्ष २०७८/७९ देखि २०८१/८२ सम्म सम्मानित।
- आर्थिक वर्ष २०८१/८२ मा २८ लाख १२ हजार ३ सय ४३ रुपैयाँ कर भुक्तानी।
८ मंसिर, पर्वत । साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा परिचित पर्वतको कुश्मास्थित द क्लिफ प्रा.लि. लगातार चार वर्षदेखि बागलुङमा सबैभन्दा बढी कर तिर्ने करदाता बनेको छ।
आन्तरिक राजस्व कार्यालय बागलुङले द क्लिफलाई आर्थिक वर्ष २०७८/७९ देखि २०८१/८२ सम्म लगातार चार वर्ष उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको हो।
आर्थिक वर्ष २०८१/८२ मा द क्लिफ प्रा.लि.ले २८ लाख १२ हजार ३ सय ४३ रुपैयाँ कर बुझाएको छ। यसअघि आर्थिक वर्ष २०७७/७८, २०७९/८० र २०८०/८१ मा पनि सबैभन्दा बढी कर तिरेर कम्पनी उत्कृष्ट करदाता बनेको थियो।
साहसिक पर्यटनमार्फत आफ्नो पहिचान बनाएको द क्लिफको यो उपलब्धिले पर्यटन व्यवसायसँगै आर्थिक तथा कर योगदानमा पनि कम्पनीको महत्वपूर्ण भूमिका देखाएको छ।
लेखकको परिचय

हाम्रोबज सम्पादकीय ब्युरो
केन्द्रीय सम्पादकीय टोलीहाम्रोबजको केन्द्रीय सम्पादकीय डेस्कद्वारा तथ्य जाँच तथा कडा पत्रकारिता मापदण्डअनुसार तयार पारिएको आधिकारिक रिपोर्ट।
यस लेखकका अन्य लेखहरूSports बाट थप समाचार
पाठक प्रतिक्रिया
०आफ्नो विचार राख्नुहोस्
प्रतिक्रियाहरू लोड हुँदै...


