Community ताजा अपडेट
११ मिनेट

पोखरामा स्कुटर चोरी गरी वर्कसपमा मोडिफाई गर्दै गर्दा दुई जना पक्राउ

मालेपाटनबाट चोरी भएको स्कुटर तुल्सीघाटस्थित वर्कसपमा स्वरूप परिवर्तन गर्दै गरेको अवस्थामा बरामद, चोरीमा संलग्न दुई युवक प्रहरी नियन्त्रणमा।

हाम्रोबज सम्पादकीय ब्युरो
हाम्रोबज सम्पादकीय ब्युरोकेन्द्रीय सम्पादकीय टोली
शुक्रबार, ११ मंसिर २०८३ (वि.सं.) | ई.सं.: २०२६ नोभेम्बर २७
पोखरामा चोरीको स्कुटर मोडिफाई गर्दै गर्दा दुई जना पक्राउ।
पोखरामा चोरीको स्कुटर मोडिफाई गर्दै गर्दा दुई जना पक्राउ।
मुख्य निष्कर्षहरू (Key Takeaways)
  • पोखरा मालेपाटनबाट चोरी भएको ग १४ प ५४८५ नम्बरको स्कुटर तुल्सीघाटस्थित वर्कसपमा फेला परेको छ।
  • स्कुटरको स्वरूप परिवर्तन गर्दै गरेको अवस्थामा सञ्जय परियार र सजित भित्रकोटी पक्राउ परेका छन्।
  • पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वडा प्रहरी कार्यालय बैदाम पठाइएको छ।

पोखरा । पोखराबाट चोरी भएको स्कुटरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१८, खहरे निवासी २० वर्षीय सञ्जय परियार र पोखरा महानगरपालिका–८, जाल्पारोड निवासी २१ वर्षीय सजित भित्रकोटी रहेका छन्।

गत मंसिर ४ गते पोखरा महानगरपालिका–५, मालेपाटनबाट ग १४ प ५४८५ नम्बरको स्कुटर हराएको भन्दै सोम माया राईले प्रहरीमा खोजतलासका लागि निवेदन दिएकी थिइन्।

निवेदनका आधारमा प्रहरीले स्कुटरको खोजी गर्ने क्रममा पोखरा महानगरपालिका–९, तुल्सीघाटस्थित सृष्टिदृष्टि वर्कसपमा फेला पारेको हो। उक्त स्कुटर वर्कशपमा स्वरूप परिवर्तन (मोडिफाई) गर्दै गरेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।

स्कुटरसँगै चोरीमा संलग्न रहेको आरोपमा परियार र भित्रकोटीलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वडा प्रहरी कार्यालय बैदाम पठाइएको कास्की प्रहरीले जनाएको छ।

लेखकको परिचय
हाम्रोबज सम्पादकीय ब्युरो

हाम्रोबज सम्पादकीय ब्युरो

केन्द्रीय सम्पादकीय टोली

हाम्रोबजको केन्द्रीय सम्पादकीय डेस्कद्वारा तथ्य जाँच तथा कडा पत्रकारिता मापदण्डअनुसार तयार पारिएको आधिकारिक रिपोर्ट।

यस लेखकका अन्य लेखहरू

Community बाट थप समाचार

सबै हेर्नुहोस्

पाठक प्रतिक्रिया

०
सम्पादकीय परीक्षणपछि प्रकाशित

आफ्नो विचार राख्नुहोस्

घृणास्पद र अमर्यादित अभिव्यक्ति निषेधित छ0 / 1000
प्रतिक्रियाहरू लोड हुँदै...
पोखरामा स्कुटर चोरी गरी वर्कसपमा मोडिफाई गर्दै गर्दा दुई जना पक्राउ | HamroBuzz