काठमाडौं, ११ मंसिर । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा लगातार वृद्धि भएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला रु. ३ हजार ३०० ले बढेको छ भने असली चाँदीको मूल्य प्रतितोला रु. १२० ले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु. २ लाख ४६ हजार १०० कायम भएको छ। त्यस्तै, असली चाँदीको मूल्य प्रतितोला रु. ३ हजार १९५ पुगेको छ।
बुधबार छापावाल सुन प्रतितोला रु. २ लाख ४२ हजार ८०० मा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु. ३ हजार ७५ कायम थियो।
अघिल्लो दिनको तुलनामा सुन र चाँदी दुवैको मूल्य बढेसँगै स्थानीय बजारमा बहुमूल्य धातुको मूल्यले थप उचाइ लिएको छ।





